Logo

अर्थ

आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो । यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ । अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ ।

आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुइृ लाख सात हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो । नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १३:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।