Logo

अर्थ

एक दिनमै तोलामा एक हजार रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौं । सुनको भाउ बिहीबार एक दिनमै तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको भाउ आज एक हजार रुपैयाँले घटेर कारोबार भएको हो ।

बुधबार तोलाको ९४ हजारमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार सुन सोमबार तोलाको ९४ हजार, मंगलबार ९३ हजार ८०० र बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार ११:१२   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।