Logo

अर्थ

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री खुला 



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी माला राजभण्डारीको नाममा  रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।  

उक्त संस्थापक शेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेशी, धादिङमा निवेदन दिनुपर्नेछ । यसअघि  १९ जेठदेखि बिक्रीमा ल्याएको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो । 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १३:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।