Logo

राजनीति

राप्रपा छाडेका चार नेता कमल थापाको पार्टीमा प्रवेश



काठमाडौं । राजेन्द्र लिङ्दने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन् । अध्यक्ष लिङ्देनसँग असन्तुष्टि जनाएका ४ नेतालाई राप्रपाले २४ घन्टे स्पष्टिकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण नदिई पार्टी परित्याग गरेका थिए ।

बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए । त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेकाछन् ।

गत मंसिरमा भएको महाधिवेशनमा लिङ्देनसँग हारेपछि थापाले राप्रपाबाट राजीनामा दिएर नयाँ दल गठन गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १५:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।