Logo

राजनीति

खाँडाचक्र नगरपालिकाका मेयर एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए । शाहीलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेका थिए । यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १७:५६   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।