Logo

अर्थ

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु



काठमाडौं । आर्थिक वर्ष २०७९/८० काे मौद्रिक नीति पारित गर्न नेपाल राष्ट्र बैंकको बैठक बालुवाटारमा सुरु भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुपूर्व त्यसलाई राष्ट्र बैंक सञ्चालक समिति पारित गर्नुपर्छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिँदै छ ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए भने त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि सो बारेमा बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १०:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।