Logo

अर्थ

साताको अन्तिम कारोबार दिन २७ अंक घट्यो सेयर बजार



काठमाडौ‌ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो ।

साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ ।

आज २७.२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो । शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १३:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।