Logo

राजनीति

‘भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता नबाँडियाेस्’



काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम हुन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्दै यस्तो धारणा राखेकी हुन् ।

उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’ पौडेलले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् ।

‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’ आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १३:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।