Logo

अर्थ

शेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड, न्यूनतम सीमा हटाइयो



काठमाडौं । शेयर धितो कर्जा अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ । चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४÷१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।

यसपटक न्यूनतम सीमा हटाइएको छ । यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।

मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिनसम्बन्धी व्यवस्था हटाइने गभर्नर अधिकारीले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १६:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।