साताको अन्तिम दिन तथा चालु आर्थिक वर्षको अन्त्यमा शेयर बजार साकारात्मक देखिएको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ११ दशमलव ३३ अंकले बढेर २८८३ दशमलव ३८ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ३७ प्रतिशतले घटेर ५४१ दशमलव ४० अंकमा बन्द भएको छ ।
बिहीबार २ सय २३ कम्पनीको ७३ हजार २७२ पटकको व्यापारमा ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ ।
बिहीबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १४ हजार ७१७ रुपैयाँ कायम भएको छ ।
० दशमलव ३९ प्रतिशतले घटेको बजारमा एक सय १५ कम्पनीको शेयर मूल्य बढ्दा ५४ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया