Logo

शेयर बजार

आर्थिक वर्षको अन्त्यमा शेयर बजारमा छायो हरियाली 



साताको अन्तिम दिन तथा चालु आर्थिक वर्षको अन्त्यमा शेयर बजार साकारात्मक देखिएको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ११ दशमलव ३३ अंकले बढेर २८८३ दशमलव ३८ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ३७ प्रतिशतले घटेर ५४१ दशमलव ४० अंकमा बन्द भएको छ । 

बिहीबार २ सय २३ कम्पनीको ७३ हजार २७२ पटकको व्यापारमा ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ । 

बिहीबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १४ हजार ७१७ रुपैयाँ कायम भएको छ । 

० दशमलव ३९ प्रतिशतले घटेको बजारमा एक सय १५ कम्पनीको शेयर मूल्य बढ्दा ५४ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 
 

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।