Logo

राजनीति

चुनाव चिन्ह ‘वाइफाइ’सहित पुनर्जागरण पार्टी दर्ता हुँदै



काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित चिया पार्टीले नाम परिवर्तन गरेर पुनर्जागरण पार्टी, नेपाल राखेको छ । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको सुझावलाई ग्रहण गर्दै पुनर्जागरण पार्टी, नेपाल राखिएको प्रवक्ता सदीक्षा केसीले जानकारी दिइन् ।

निर्वाचन आयोगले शुक्रबार पुनर्जागरण पार्टीको केन्द्रीय समितिलाई सनाखतका लागि थियो । केहि केन्द्रीय सदस्य भ्यालि बाहिर भएको कारण सनाखत आइतबार मात्र सकिने प्रवक्ता केसीले बताइन् । पुनर्जागरण पार्टी, नेपालले चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेको छ । पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ । अहिले पार्टी अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् ।

पार्टीमा अध्यक्ष र महामन्त्री मात्र पदाधिकारी चयन भएको र १ उपाध्यक्ष, १ सचिव र १ कोषाध्यक्ष अध्यक्षले मनोनीत गर्नेछन् । पार्टीको विधानमा ५ सदस्यीय पदाधिकारीको प्रावधान राखिएको छ । अध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्यहरु महाधिवेशनबाट निर्वाचित हुने प्रवाधान विधानमा उल्लेख्य छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १२:५६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।