Logo

राजनीति

माधव नेपाल भन्छन् : कम्युनिष्टको बुइ चढेर कांग्रेसले बुर्कुसी मार्ने खतरा बढ्यो



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसमा पनि अहंकार बढेको टिप्पणी गरेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी ओलीले दुई तिहाईको फूर्ति देखाउँदै आफ्नै पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेकै कारण सत्ताबाट सडकमा पुग्नु परेको बताउँदै अध्यक्ष नेपालले त्यस्तो अवस्था आउन नदिने कांग्रेसलाई अहंकार त्याग्न आग्रह गरे ।

राजधानीमा आयोजित एक कार्यममा अध्यक्ष नेपालले कम्युनिष्टको बुइ चढेर कांग्रेसले बुर्कुसी मार्ने चिन्ता बढेको बताए । ‘मौका आउँछ पर्खिदैन, समयले कहिले पनि पर्खेर बस्दैन । त्यस्तो मौकालाई ओलीले प्रयोग गर्न नसकेनन्’, उनले भने ।

अध्यक्ष नेपालले एक दुईवटा प्रधानमन्त्री नभई चार–चारवटा वामपन्थी प्रधानमन्त्री भएको पार्टीमा कयौं उप्रधानमन्त्री, मन्त्रीहरु भएको बताउँदै अनुभवको आधारमा देश हाँकेको पार्टीकाबीचमा छलफल चलाएको भए के हुन्थ्यो ? भन्दै ओलीलाई प्रश्न गरे ।

यस्तै, अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १६:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।