Logo

राजनीति

गभर्नरलाई बर्खास्त गर्न भन्दै विद्यार्थीहरुले पठाए एसएमएस



काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् । एमालेको अर्थ विभागको सदस्य रहेको भनेर विवादमा तानिएका गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूका विद्यार्थीहरूले एसएमएस पठाएका हुन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका उनीहरुले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् ।

राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १८:०६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।