Logo

राजनीति

चुनावी तालमेलबारे छलफल गर्न हृदेयश त्रिपाठीको पार्टीले बनायो समिति



काठमाडौं । जनता प्रगतिशील पार्टीले आगामी संघ र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष साविर हुसेन र बाबा सरकार श्रेष्ठ रहेका छन् । अध्यक्ष हृदयेश त्रिपाठीका अनुसार समितिले आगामी निर्वाचनमा चुनावी गठबन्धन र तालमेलका विषयमा अरु राजनीतिक दलसँग वार्ता गर्नेछ ।

जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभाबाट शुक्रबार नागरिकता विधेयक पारित भएकामा खुशी व्यक्त पनि गरेको छ । यो विधेयकलाई राष्ट्रियसभाबाट पनि यथाशीघ्र पारित गर्नुपर्ने उसले बताएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १८:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।