काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । थापाको पार्टी राप्रपा नेपाललाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले यस्तो आदेश जारी गरेको हो । थापाले गाई चिह्न माग गर्दै असार ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले थापालाई तीर चिह्न दिएको थियो । आयोगले गाई राष्ट्रिय जनावर भएको दाबी गर्दै निर्वाचन चिह्न दिन नसकिने भनेको थियो ।
राप्रपासँग एकीकरण गर्नुअघि राप्रपा नेपालको निर्वाचन चिह्न गाई नै थियो। पछिल्लो एकता महाधिवेशनमा अध्यक्षमा पराजित उनले फेरि राप्रपा नेपाल ब्यूँताएका छन् ।




















प्रतिक्रिया