Logo

राजनीति

संवैधानिक कानुन विषयक विशिष्टीकृत तालिम सम्पन्न, सहभागी भन्छन्- यस्ता कार्यक्रम भइरहनु पर्छ



काठमाडौं । ललितपुरको कुपण्डोलमा संवैधानिक कानुन विषयक ७ दिने विशिष्टीकृत तालिम समापन भएको छ । नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा निरन्तर १० वर्षभन्दा बढी वकालत गरेका कानुन व्यवसायीहरुको सहभागीता थियो । कानून व्यवसायीहरुमा संवैधानिक कानुनको विषयलाई थप वृहत् ज्ञान अभिर्वद्धि गर्ने अभिप्रायले आयोजना गरिएको हो ।

महान्यायाधिवक्ता खम्बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्चका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भन्डारी, वरिष्ठ अधिवक्ता एवं पूर्व सांसद रामनारायण विडारी, नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिर लगायतले धारणा राखेका थिए ।

सहभागीका तर्फबाट धारणा राख्नदै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले यस्तो कार्यक्रमहरु बेलाबखत भइरहनुपर्ने बताए । उनले संवैधानिक विषयमा मात्र नभइ अन्य विविध विषयमा पनि यस्ता कार्यक्रम आयोजना गरिनुपर्ने बताए । यस्ता कार्यक्रमले कानुन व्यवसायीहरुमा थप पेसागत दक्षता तथा विभिन्न विषयहरुमा विज्ञता हासिल गर्न मद्दत पुग्ने शर्मा पौडेलले बताए । यी यस्ता कार्यक्रमहरुलाई मोफसलमा केन्द्रित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १३:३४   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।