Logo

खेलकुद

१९ वर्षे फरवार्ड साउथह्यापटनमा



काठमाडौं ।  इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले युवा स्ट्राइकर सेकोउ मारालाई अनुबन्ध गरेको छ ।

साउथह्याम्पटनले १९ वर्षे स्ट्राइकरलाई फ्रेन्च क्लब बोर्डूअक्सबाट अनुबन्ध गरेको हो ।

माराले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् । मारालाई साउथह्याम्पटनले छैटौं खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

गत सिजन उनले फ्रेन्च क्लबका लागि २६ खेलमा ६ गोल गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०७:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।