Logo

प्रमुख समाचार

साउन २१ गते जापान भ्रमणमा जाँदै प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते त्यता जान लागेका हुन् ।

माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् । उनले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १३:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।