काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते त्यता जान लागेका हुन् ।
माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।
प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् । उनले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।




















प्रतिक्रिया