Logo

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ



बाँके, नेपालगंज उपमहानगरपालिका-१७ बाट सोही उपमहानगरपालिका-१६ बस्ने २५ वर्षीय साहबुदिन अन्सारीलाई ८ सय मिलीग्राम ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट सोही नगरपालिका-१३ बस्ने २६ वर्षीय बालगोबिन्द राना सहित ३ जनालाई १८ ग्राम ४ सय १० मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ५ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।