Logo

अर्थ

राधी विद्युत् कम्पनीलाई १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति



काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । 

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १४:५४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।