Logo

शेयर बजार

कस्तो रह्यो नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासिक वित्तिय विवरण ?



नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख र जीवन बीमा व्यवसायबाट १० करोड १० लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको छ।

कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल खुद नाफा १.०५ प्रतिशत अर्थात ९६ लाख ४० हजार रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।

यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले सो अवधिमा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ।

सो अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ १ अर्ब ७० करोड ९० लाख रुपैयाँ र जीवन बीमातर्फ २८ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने क्रमशः २ अर्ब १७ करोड ६ लाख रुपैयाँ र १७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ६८.७० गुणा छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।