Logo

अर्थ

शेयर बजारमा ४४ अंकको गिरावट



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा ४४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से लगातार २ दिन बढेपछि तेस्रो दिन घटेर पुनः २ हजार विन्दुमा झरेको हो ।

सेन्सिटिभ सूचक पनि आज ८.९९ अंकले घटेको छ । यद्यपि कारोबार रकम अघिल्लो दिनभन्दा कम भए पनि ३ अर्ब माथि छ । २२२ कम्पनीको कारोबार भएकामा ८७ लाख कित्ता सेयर बिक्री भएका छन् ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । कमाउने लगानीकर्ताले ९.३२ प्रतिशतसम्म र गुमाउनेले ६.८२ प्रतिशतसम्म गुमाएका छन् । मंगलबार पनि शिवम् सिमेन्टकै सर्वाधिक कारोबार भयो । कम्पनीको १९ करोडको कारोबार भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।