Logo

खेलकुद

वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप



काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ । बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस डकवर्थ पद्धतीमा ११९ रनले हराउँदै भारतले तीन एक दिवसीय खेलको शृंखला ३-० ले क्लिनस्विप गरेको हो । 

वर्षाका कारण खेल ३६ ओभरमा घटाइएको थियो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ३६ ओभरमा तीन विकेट क्षतीमा २२५ रनको योगफल तयार पार्‍याे । भारतका ओपनर सुभमन गिलले अविजित ९८ रन जोडे । यस्तै, शिखर धवनले ५८ र श्रेयसले ४४ रन जोडे ।

तर, वेस्ट इन्डिजले ब्याटिङ सुरु गर्न अघि पुनः वर्षाले खेल प्रभावित भएको थियो । जसका कारण वेस्ट इन्डिजले २६ ओभरमा २५७ रनको लक्ष्य पायो । वेस्ट इन्डिज २६ ओभरमा मात्र १३७ रनमा अलआउट भयो ।  वेस्ट इन्डिजका लागि ब्रान्डोन किंग र निकोलास पुरनले समान ४२ रन जोडे ।

भारतका युजबेन्दर चाहलले ४ तथा श्रदुल ठाकुर र मोहम्मद सिराजले समान दुई विकेट लिएका थिए । अघिल्ला दुई खेलमा भारतले क्रमशः २ विकेट र ३ रनको जित हात पारेको थियो । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:२८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।