Logo

राजनीति

निवासमै पुगेर कांग्रेस वरिष्ठ नेता पौडेललाई भारतीय राजदूत श्रीवास्तवले भेटे



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पौडेल निवास बोहोराटारमा पुगेर राजदूत श्रीवास्तवले नेता पौडेलसँग भेटवार्ता गरेका हुन् ।

वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।

त्यसक्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १८:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।