Logo

अर्थ

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो 



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ । चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  १२ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।