Logo

अर्थ

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब १९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ । विकास बैंक उपसूचक ४.६१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०.८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  २ : ४६ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।