Logo

राजनीति

नागरिकता विधेयकको विरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने युवाहरु गिरफ्तार



काठमाडौं । संसदबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्वतन्त्र युवाहरुलाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । देशको हितविपरितका प्रावधानसहितको नागरिकता विधेयकमा पास गरिएको भन्दै शुक्रबार प्रदर्शन गर्न बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग समेत मागेका थिए ।

पक्राउ पर्नेमा सृजना वाग्ले, रोशन बर्मा, उषा किराँत, सरिता केसी, आकाश भट्ट, जनार्दन अधिकारी लगायका स्वतन्त्र युवाहरु छन् । उनीलाई बलुवाटार बाट गिरफ्तार गÞरी चक्रपथ प्रहरी चौकीमा राखिएको छ ।

बिहीबार पनि नागरकता विधेयकको विरोध गर्ने केही युवालाई पहरीले समातेको थियो । उनीहलाई मालिगाउँ प्रहरी चौकीमा राखिएको छ भने उनीहरुविरुद्ध प्रहरीले अभद्र मुद्दा चलाएको छ ।  

प्रतिनिधिसभाले साउन ६ गते ३ असोज २०७२ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने प्रावधानसहित नागरिकता विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ३ : २८ बजे

522
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।