Logo

उद्योग

रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा



काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ लन्च गरेको छ ।

गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ ।

त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफीका लागि १३ एमपिको क्यामरा रहेको छ । १७ हजार ७९९ रुपैयाँको आकर्षक मूल्यमा ४ जीबी र्याम र ६४ जीबी रोमसहित उपलब्ध यो फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पफर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ ।

यतिमात्र नभएर यो सेट अत्यन्तै स्टाइलिस हुनुका साथै सुपथ मूल्यमा पनि उपलब्ध छ। हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटी चेकपछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नका लागि हामी हाम्रो ‘डेयर टु लिप’ अवधारणामा प्रतिबद्ध छौँ ।’

प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार  ६ : १४ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।