काठमाडौं । गत आर्थिक वर्ष २०७८/८९ मा धेरै राजस्य तिर्ने १० कम्पनी मध्य ५ बैंक पनि परेको छ ।
जसमा एनआईसी एशिया, नविल बैंक, ग्वलोबल आईएमी बैंक, सद्धिथ बैंक र वाणिज्य बैंक रहेका छन् ।
एनआईसी एशिया बैंक धेरै राजस्व तिर्ने मध्य बैंकहरुमा पहिलो र कम्पनीहरुमा छटौं नम्बरमा छ । जसले गत आर्थिक वर्षमा ३ अर्ब ५१ कारोड रुपैयाँ राजस्व तिरेको छ ।
नविल बैंक धेरै राजस्व तिर्ने कम्पनीहरु मध्य सातै नम्बरमा रहेको छ । जसले गत आर्थिक वर्षमा ३ अर्ब २३ करोड राजस्व तिरेको छ ।
त्यस्तै ग्वलोबल आइएमई बैंक धेरै राजस्व तिर्ने कम्पनीहरु मध्य आठौ नम्बरमा रहेको छ । गत आर्थिक वर्षमा आइएमईले ३ अर्ब २१ करोड राजस्व तिरेको छ ।
सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले नवौं तथा दशौं स्थानमा रहेका छन् ।
ठूला करदाता कार्यालय अन्तर्गत वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाता पर्छन् । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार कार्यालयमा ८९ बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनी पर्छन् ।
प्रतिक्रिया