Logo

बुढ्याैलीमा पनि उत्तिकै सक्रिय,अमिताभ बच्चन ७८ वर्ष लागे



बलिवुड फिल्म क्षेत्रमा ‘महानायक’ काे रूपमा दरिएका अमिताभ बच्चन आजदेखि ७८ वर्षमा लागेका छन् । उमेरले बुढ्याैली टेके पनि उनी अझै पनि उत्तिकै सक्रिय रहेकाे बताइन्छ ।

अमिताभकाे जन्म सन् १९४२ को अक्टोबर ११ मा भारतको उत्तर प्रदेशस्थित इलाहवादमा भएकाे थियाे । उनी पछिल्लाे समय पनि फिल्म र टेलिभिजन शोहरुमा उत्तिकै सक्रिय देखिएका छन् ।

अमिताभको पछिल्लाे फिल्म चेहेरे र ब्रह्मास्त्र बनिसककाे र रिलिज हुन बाँकी रहेको बताइएकाे छ । त्यस्तै उनको बटरफ्लाई र झुण्ड फिल्म आउने क्रममा रहेको छ ।  साथै भारतकाे चर्चित टेलिभिजन शाे ‘काैन बनेगा करोडपति’को १२औँ सिजन अहिले प्रशारण भइरहेको छ। जसमा उनी देखिन्छन् । नेपालीमाझ समेत लाेकप्रिय रहेका अमिताभ पछिल्ला दिनहरूमा भने नेपालीकाे घृणाकाे सिकार बन्न थालेका छन्, कारण- उनले काैन बनेगा कराेडपतिमा हालै मात्र लिपुलेक, कालापानी क्षेत्र भारतकाे भनी साेधिएकाे विवादित प्रश्नमा अालाेचना खेपिरहेका छन् ।

कोरोना भाइरस संक्रमित समेत भएका अमिताभ बच्चन केही समयमै निकाे भएर अहिले फेरि काममा फर्किसकेका छन् । उनले खेलेकाे पहिलो फिल्म सात हिन्दुस्तानी हाे । उनकाे अरू फिल्म खुदा गवा, जन्जिर, शहनशा, सराबी, डन, सिलसिला, मोहबते, पा, सरकार, भूतनाथ, पिंकलगायत चर्चित छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : २८ बजे