Logo

स्वास्थ्य

विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार बढीको मृत्यु



विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १ करोड ८६ लाख ५३ हजार १७२ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३३ हजार ३५१ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६० हजार ८७४ जनाको अवस्था गम्मीर छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना संक्रमित छन् । १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।