Logo

अर्थ

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ६ महिनायताकै न्यून विन्दुमा



काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ ।

सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो ।

अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ डलर कायम भएको छ। यो गत फेब्रुअरी २ पछिको सबैभन्दा कम हो । विश्व बेन्चमार्क ब्रेन्ट कच्चा तेलको भाउ लगभग ३ प्रतिशत घटेको छ ।

अमेरिकाको सरकारी प्रतिवेदनका अनुसार बुधबार कच्चा तेल र पेट्रोल दुवैको भण्डारण अप्रत्याशित रुपमा बढेको छ। जसले माग घटेको संकेत गर्छ। यही कारणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको हो।

रुसले युक्रेनमा आक्रमण गरेपछि गत ८ मार्चमा तेलको मूल्य हालसम्मकै उच्च प्रतिब्यारल १२३.७० पुगेको थियो । हाल उक्त उच्च मूल्यबाट २८ प्रतिशत घटेको छ। –एजेन्सी

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ४ : ०० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।