Logo

कर्पोरेट फोकस

सेञ्चुरी बैंकको नाफा ११६ प्रतिशत बढ्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.६६ प्रतिशत बढेर १ अर्ब ३७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९।२२ प्रतिशत बढेर ३ अर्ब २० करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ, निक्षेप ९८ अर्ब ६५ करोड ४१ लख रुपैयाँ र कर्जा ८८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर १४.२१ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो १२.८८ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७.६४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ४ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।