Logo

सुदूरपश्चिममा विशेष सुरक्षा योजना सार्वजनीक, ५ हजार बढी प्रहरी फिल्डमा



सुदूरपश्चिम प्रदेश प्रहरीले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चार्डपर्वमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न दसैं तिहारका लागि प्रहरीले विषेश सुरक्षा योजना बनाएको हो। 

एसएसपी मुकेश सिंहले चार्डपर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा मात्र करिब ५ हजार ५० सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइने बताए ।

दसैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकल गस्तीमा समेत प्रहरी परिचालन गरिने एसएसपी मुकेशले जनाए । प्रहरीले ७८ जना सदा पोसाकमा समेत प्रहरी परिचालन गरिसकेको छ। चाडपर्वको समयमा बढी आर्थिक कारोबार हुने क्षेत्रहरु बैंक तथा सुन पसलमा समेत निगरानीको लागि १ सय ३३ जना प्रहरी खटाइएको एसएसपी सिंहले बताए ।

त्यस्तै दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेर सुरक्षा योजना तयार पारिएको छ। सडक सुरक्षाको लागि २ सय ८ जना प्रहरी खटाइएको छ। यात्रुलाई पर्ने समस्या र  सवारी भाडामा हुने ठगी र कालोबजारी नियन्त्रण गर्नेको लागि ४० स्थानमा प्रहरीको हेल्प डेक्ससमेत राखिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ३६ बजे