Logo

स्वास्थ्य

कोरोनाकाे तेस्रो लहर आउने सम्भावना उच्च : प्रधानमन्त्रीलाई १६ विज्ञले पठाए १८ बुँदे सुझाव



कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावना भएको बताउँदै १६ जना विज्ञहरूले त्यससँग जुध्ने तयारी गर्न नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र पठाएका छन् । 

 नेपाल जनस्वास्थ्य प्रतिष्ठानका तर्फबाट विज्ञहरूले इमेल मार्फत प्रधानमन्त्री देउवालाई सुझाव पत्र पठाएका हुन् । पत्र पठाउनेहरूमा  डा.रीता थापा, कुलचन्द्र  गौतम, डा. बद्रीराज पाण्डे, डा. अरुणा  उप्रेती,  डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह, नारायण सुवेदी र डा. महेश मास्केले रहेका छन् ।

केही महिनाभित्रै नेपालमा तेस्रो लहर आउन सक्ने बताउँदै भनेका छन् “नेपालमा कोभिडको दोस्रो लहरको घट्ने क्रम विगतको चार हप्तामा सुस्त हुँदै स्थिर हुन पुगेको छ र अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । अर्कोतर्फ क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामै तेस्रो लहर आउने सम्भावना उच्च छ।”

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि तेस्रो लहर आउने जोखिम बढेको जनाएको थियो। संक्रमण बढ्दै गएकाले तेस्रो लहर आउने सक्ने जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न र स्वास्थ्य संस्थालाई अक्सिजन तथा शय्याको व्यवस्था गर्न अनुरोध गरेको थियो।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ११ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।