Logo

स्वास्थ्य

कोरोना अपडेट : २ हजार ९७७ संक्रमित थपिए , संक्रमण र मृतकको संख्या कति ?



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ जनामा कोरोना देखिएको छ। आज १७ हजार ३०८ जनाको स्वाब परीक्षण गरिएको थियो। बिहीबार दुई हजार ७१४ जनामा कोरोना देखिएको थियो।

आज थपिएकामध्ये १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८२ जनामा र तीन हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना देखिएको हो।

त्यस्तै, कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। बिहीबार २४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना निको भएका छन्। बिहीबार एक हजार २८८ जना निको भएका थिए। अझै पनि देशभर २७ हजार ६६१ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।