Logo

विविध

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा



काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच, काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले चापमा गाडी चलिरहेका छन् । अघि बिहान साढे ४ बजेतिर झ्याप्ले खोलामा गाडी बिग्रिएकाले एकतर्फी रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । बिग्रिएको गाडी हटाउन क्रेन गइसकेकाले केहीबेरपछि दुईतर्फी नै सडक खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०७:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।