Logo

खेलकुद

एनएसएल असोज चौथो साताबाट



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो । गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १६:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।