Logo

खेलकुद

प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिएका छन् । एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट घरेलु टोली लिभरपुलले पुनरागमन गर्दै हारबाट जोगिएको हो ।

खेलको ३२ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुलका डार्विन नुनेजले ५७ औं मिनेटमा रेडकार्ड ब्यहोर्दा टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसको बावजुत जेम्स मिल्नरको पासमा लुइस डिआजले खेलको ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

जारी सिजन लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । यसअघिको खेलमा लिभरपुलले फुलहमसँग २-२ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०७:०१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।