Logo

आइएमई अटोमोटिभ्स्ले सार्वजनीक गर्यो “ ESCORTS दशैं तिहार उपहार भरमार अफर”



नेपालका लागी ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदमा ‘दशैैँ तिहार उपहार भरमार अफर’ नामक अफर सार्वजनिक गरेको छ । दशै तिहारलाई लक्षित गर्दै लिएको सो अफर अन्र्तगत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको ESCORTS प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पाउने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्ष्ति गरि बजारमा ल्याएको हो । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ५ : ०२ बजे