Logo

प्रमुख समाचार

हर्क साम्पाङले ऋषि धमलालाई मिठो भाषामा किन यस्तो भने ?



स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङको चर्चा निर्वाचित भए यता देशभर चुलिएको छ । उनले एक पछि कमाल गर्दै देशैभरी प्रशंसा पाइरहेका छन् ।

धरानको मेयरमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएपछि साम्पाङ पहिलो पटक राजधानी काठमाडौँमा आएका छन् । काठमाडौँमा आएपछि पनि दुनियाँको ध्यान तान्न उनी सफल भएका छन् । अहिले राजधानी काठमाडौँमा रहेका उनले फेरि कमाल गरेका छन् ।

धरानमा होस् या काठमाडौँमा जहाँ रहँदा पनि चर्चा हर्क साम्पाङकै चलेको छ । धरानका विभिन्न विकासका योजनाहरु बोकेर संघीय सरकारको ढोका ढक्ढकाउँन काठमाडौँ आएका उनको चर्चा विभिन्न तरिकाले भइरहेको छ । विभागीय मन्त्रालयमा गएर मन्त्रीहरुलाई भेटेर आफ्ना योजना सुनाउँने र बजेट माग गर्ने काम उनले गरिरहेका छन् ।

साम्पाङ काठमाडौँ आएका बेलामा विभिन्न मिडियाहरुमा अन्तवार्ता दिइरहेको छन् । कुनै बेला पत्रकारले आफ्नो कुरा नसुनेको भन्दै धरानमा दिउँसै टर्च बालेर पत्रकार खोज्दै हिड्ने साम्पाङ अहिले काठमाडौँमा रहँदा पत्रकारका लागि हटकेक बनेका छन् ।

साम्पाङ काठमाडौँमा रहेका बेला उनको अन्तवार्ता लिन राजधानीका पत्रकारहरुको लर्को लागेको छ । उनी बसेकै होटमा गएर अन्तवार्ता लिनका लागि समेत लाइन लाग्ने देखिएको छ । सकेसम्म कम अन्तवार्ता दिने पक्षमा उनी रहे पनि बसेकै होटल सम्म पनि पत्रकारहरु पुगीरहेको खबर छ ।

यसै बीच साम्पाङ काठमाडौँमा रहेका बेला पत्रकार ऋषि धमलाले पनि उनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्छनमा अन्तवार्ता लिएका छन् । अहिले धमलाले साम्पाङसँग लिएको अन्तवार्ता निकै चर्चित बनिरहेको छ । धमलाले साम्पाङको अन्तवार्ता लिएपछि साम्पाङले धमलासँग मिठो बदला लिएको चर्चा चल्न थालेको छ ।

धमलाले विरलै मात्रै आफ्नो स्टुडियो भन्दा बाहिर गएर अन्तवार्ता गर्दछन्, ठूला ठूला नेताहरुको पनि धमलासँग अन्तवार्ता दिनको लागि उनको टेलिभिजनको स्टुडियोमै लाइन लाग्ने गर्दछ । पूर्व प्रधानमन्त्री र पार्टीका शिर्ष नेता या त्यस्तै केहि महत्वपूर्ण बिषयमा मात्रै धमला बाहिर गएर अन्तवार्ता गर्दछन् । साम्पाङसँग भने उनले उनी बसेको होटलमै पुगेर अन्तर्वाता लिएका छन् ।

उपमहानगर त महानगरकै मेयर पनि स्टुडियो बाहिरै गएर धमलाले अन्तवार्ता लिने लिस्टमा पर्दैनन् । स्थानीय तहका प्रमुखहरुलाई कमै मात्रै अन्तवार्ता धमलाले स्टुडियोमै बोलाएर पनि लिएका छन् तर हर्कको अन्तवार्ता लिन धमला उनी बसेकै होटलमा पुगेका थिए त्यो पनि रातको समयमा लाइन लागेर ।

धमला साम्पाङ बसेकै होटलमा टीम सहित पुगेका थिए । उनी रातको ९ बजे अन्तवार्ता गरेर फर्किएका थिए । सुरुमा हर्कलाई स्टुडियोमै बोलाउँन खोजे पनि उनी व्यस्त छु भनेर आउँन नमानेपछि धमला आफैँ होटलमा पुगेको बताइएको छ ।

रोचक कुरा त के छ भने स्थानीय तहको निर्वाचन अघि धमला धरान पनि पुगेका थिए त्यहाँ उनले मेयरका आकांक्षीहरुलाई सँगै राखेर बहस पनि चलाएका थिए तर उक्त डिबेटमा साम्पाङलाई राखिएको थिएन । स्वतन्त्र उमेदवारी दिएर एक्लै चुनावी प्रचारमा खटिएका हर्कलाई उमेदवारको दर्जा समेत नदिएर धमलाले कम आँकेर नबोलाएको चर्चा त्यसबेला चलेको थियो ।

धरानमै पुग्दा उमेदवार रहँदा अन्तवार्ता लिन नमानेका धमला अहिले हर्क साम्पाङ बसेकै होटलमै पुगेर अन्तवार्ता लिुन पर्ने अवस्थामा पुगेको भन्दै हर्कले धमालासँग मिठो बदला लिएको अर्थमा सामाजिक संजालमा टिप्पणी हुन थालेको । त्यसो त हर्कले पटक पटक भनेका छन् संघर्षमा व्यक्ति एक्लो हुँदो रहेछ, सफलतामा सबै आउँदा रहेछन् ।

टेलिभिजन अन्तवार्ताकै क्रममा साम्पाङलाई धमलाले सोध्छन् दलीय व्यवस्था भएको ठाउँमा तपाई जस्तो स्वतन्त्रले जितरे के महत्व हुन्छर ? साम्पाङले मिठो भाषामा सटिक जवाफ दिन्छन् ‘स्वतन्त्रले जितेर के महत्व हुन्छ र भन्ने कुरा त तपाई जस्तो दिग्गज पत्रकार मेरो अन्तावार्ता लिन आउँनु भएको छ यो नै जवाफ हो, अब देशमा यस्तै ट्रेन चल्छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १९:५६   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।