नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७ हजार २७२ जनाको स्वाब परीक्षणमा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा ११८४ जना बढी संख्यामा संक्रमित फेला परेको हो ।
अघिल्लो दिन १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।
यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।




















प्रतिक्रिया