पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा संक्रमण देखिएको छ । देशभर १४ हजार २४२ जनामा गरिएको परीक्षणमा ३,३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७,३५५ जना, संस्थागत आइसोलेसनमा ३,०३५ जना, आईसीयूमा ६३६ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।
प्रतिक्रिया