Logo

स्वास्थ्य

रेबिज के हो ? कुकुर नियन्त्रण कसरी गर्ने



हिजोका रणनिती : 

बिगतमा नगरपालीकाहरुले विभिन्न विधि प्रयोग गरी कुकुरका वथान मार्ने अभियान संचालन गदै आएका हुन्। करीब १६० कुकुरहरु प्रती दिन करीब ५०,००० प्रति वर्ष । लाखौ – भाले पोथी बच्चा स्याहारदै गरेका गभीर्णी छाउरा छाउरीहरु समात्दै मार्ने गरीन्थीयो जुन आज पनि प्रचलनमा । सामुहिक कुकुका कथान मार्ने अभियान संचालनको प्रतिफल पछि पनि ।

 कुकुरको जनसंख्या बढने क्रम जारी 
 कुकुरको टोकाइका घटना बढने क्रम जारी 
 रेबीजका कारण मृत्यु बढने क्रम जारी 

कुकुरका बथान मार्ने अभियान किन असफल भए ?

प्रत्येक पटक जती कुकुर मार्‍यो त्यतीकै कुकुर त्यस ठाउँमा बसाइ सर्न आउने अव्यवस्थीत शहरी फोरमैला  ब्यस्थापनका  कारण रछ्यानको खाना सुलभ उपलब्ध हुने हुँदा छेउछाउका कुकुर शहर तीर पलायन हुने । भारतका प्रमुख बैगलोर, दील्ली मुम्बइ चेन्नै, कोलकत्ता, जयपुर, बिषाखापटनम्, गोवा, सिकन्दराबाद, हैदेराबाद, पुणे, मैसुर, मंगलोर, हुबलीमा यस्तो स्थिती छ । यस्तो स्थिती चीनमा पनि छ ।

हाम्रा शहर के फरक होलान् ?

कुकुरहरुले किन टोक्छन् ? 

ऋतुकालको समय प्रजनन् किडाका लागी पोथी कुकुरसँग संसगीत हुन भाले कुकुरहरु बिच हुने प्रतिद्धन्द्धीता प्रतिङ्गंदीताका कारण । धेरै भाले कुकुरहरुले पछ्याउदा पोथी कुकुर रिसाउने हुदाँ  कुकुरले आफ्ना बच्चालाई दुध चुसाई रहेको बेला सुतेको बेला अथवा खाना खाइ रहेका बेला जिस्काउन चलाउने गर्दा कुकुरहरुलाई अनावश्यक रुपमा उचाल्ने पछार्ने घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।

कुकुरमा जन्म दर नियन्त्रण
सामुदायीक कुकुरको जनसंख्याका ७० प्रतिशतलाइ  बन्ध्याकरण गरी जनसंख्या नियन्त्रण गरे यीनको जनसंख्या स्थिर रहन्छ ।  विश्व स्वास्थ्य संगठनले खासगरी एशीयाली मुलुकहरुका लागी सिफारिस गरेको छ । बैगलोेर, दील्ली मुम्बइ चेन्नै, कोलकत्ता  जयपुर, विषाखापटनम  गोवा सिकन्दराबाद हैदेराबाद पने मैसुर मंगलोर हुबली दार्जलीग कोटा अजमेर जमसेदपुर, जोधपुर बरोदा अहमेदाबाद चंडीगढ नागापठ्ठीनाम सलेम कांचीपपुरम – लामीलनाडु ) नेल्लोर, तिरुपती अनन्चपुर ( आन्ध्र प्रदेश ) पोन्डीचेरी जालन्धर मा यस्को प्रयोग गरीएको स्थिती छ ।

एन्टी रेबीज खोप :

विश्व स्वास्थ्य संगठनका अनुशार सामुदायीक कुकुरको जनसंख्याको ७० प्रतिशत लाइ एन्टी रेबीज खोप लगाउने हो भने रेबीज बाट हुने मृत्यु ज्युन हुन्छ । सामुदायीक कुकुरको जनसंख्यालाई एन्टी रेवीज खोप लगाउनु भनेको रेबीज उन्मुलनको किफायत रणनिति मानिन्छ । मानिसमा रेबीज रोग निर्मुल दगर्न कुकुरको रेबिज राग नियन्त्रण जरुरी छ । सामुदायीक कुकुरको जनसंख्यालार्य एन्टी रेबीज खोप लगाउनु भनेको रेबीज रोग निर्मुल गर्ने लक्ष्य हासील गर्नका लागी किफायती रणनिति मानिन्छ । यो नै मानिसमा रेबीज रोगको एउटै दिर्घकालीन समाधान पनि । कुकुरमा जन्म दर नियन्त्रण र एन्टी रेबीज खोप कार्यक्रमको निम्न उपयोगीता कार्यक्रम संचालन भएका शहरहरुमा देखिएका छन् ।

सामुदायीक कुकुरको जनसंख्या घटेको ।
कुकुरको टोकाइका घटना कम भएको ।
रेविजका कारण हुने मृत्यु कम भएका ।
कुकुरमा जन्म दर नियन्त्रणका फाइदाहरु ।
स्थायी , एकै पटकमा समस्या समाधान ।

आफ्नो पुरानो ठाउँमा पुनस्थापीत कुकुरले नयाँ कुकुरलाई आफ्नो क्षेत्रमा आउन दिदैनन ।
स्थानीय जनसमुदायसँग परिचित सहज रुपमा घुलमील हुने ।
मुसाजन्य जीबको संख्या नियन्त्रण, आफ्नो टोलको सुरक्ष गर्ने, टोलको कुकुरहरुको औसत आयु ४/५ वर्ष मात्र हुन्छ ।
कुकुरहरुबाट टोकाइका घटना न्युन हुन्छन् ।

अन्यत्रका सफलताका कथाहरु :
जयपुरमा सन १९४ मा कुकुरको जनसंख्या तथा रेबीज रोगको खोप कार्यक्रम संचालन गर्दा जनसमुदाय, संचारकर्मी ,स्थानीय निकायबाट कुनै अवरोध नहुदा देखिएको परीणाम : 
 विगत ४ बर्षमा रेबीजका कारण मानिसको मृत्यु नभएको ।
 सन १९९४ मा २५०० कुकुरको टोकाइमा परेकोमा २००१ मा घटेर १०० मात्र रहन पुग्यो ।

अन्तमा : 
स्थानिय निकाय सँग सहकार्य गर्न राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाको अग्रसरताका कारण :
सामुदायीक कुकुरको जनसंख्या घटेको ।
कुकुरको टोकाइका घटना कम भएको ।
रेबिजका कारण हुने मृत्यु कम भएको ।

अव गर्नु पर्ने कामहरु: 
शहरी फोहर मैलाको उचीत एव बैज्ञानिक व्यवस्थापन ।
कुकुरको जनसंख्या नियन्त्रण कार्यमा सहयोग तथा जनसहभागिता गराउन सचेतना मुलक कार्य संचालन गर्ने ।
 जनमानीसमा रहेका अज्ञात तथा गलत सुचना प्रबाह तथा भ्रम न्युन गर्न ।
 कुकुर दर्ता तथा एन्टीरेविज खोप अनिवार्य तथा अभियानका रुपमा संचालन गर्ने गराउने 

डा. केदार कार्की भेटनरी जनस्वास्थ्य कार्यालय सेवा निवृत बरिष्ठ पशुचिकित्सक हुन् । 

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।