Logo

बैंकिङ

सिद्धार्थ बैंकमा  कँडेललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी  



सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेललाई जिम्मेवारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल सकिएपछि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साउन १५ गते बसेको बैंकको संचालक समितिको बैठकले साउन २६ गतेदेखि लागु हुने गरि कँडेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गौतमले यहि साउन २५ गतेबाट विददा लिने बैकले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।