Logo

खेलकुद

तेस्रो टी–२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य



काठमाडौं । केन्याले तेस्रो टी-२० अन्तर्राष्ट्रियमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो ।

राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले १५७ रनको लक्ष्य दिएकाे हाे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । नेपालका लागि सोमपाल कामी र बदिल बलमले एक-एक विकेट लिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १७:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।