Logo

बैंकिङ

इसेवाबाट हवाई टिकट काटे सपिङ गर्दा २० प्रतिशतसम्म छुट योजना



इसेवाले हवाई यात्रुलाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारिक एपमार्फत टिकट काट्नेलाई सपिङ गर्दा २० प्रतिशतसम्म छुट दिने आकर्षक योजना ल्याएको हो । 

कम्पनीका अनुसार योजना अन्तर्गत टिकट काट्ने यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट र टाइटनमा सपिङ गर्दा १० प्रतिशत छुट पाउन सक्नेछन् । त्यस्तै यस योजनामा सहभागी हुने १० हजार यात्रुले भोज रेष्टुरेण्टमा २० प्रतिशत अथवा दुई सय ५० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ महिना भित्रमा अर्को हवाइ यात्रामा रिसेड्युल गर्नुपरेको अवस्थामा लाग्ने अतिरिक्त शुल्क कम्पनीले नै व्योहोर्ने जनाएको छ ।

हाल मोबाईल तथा इन्टरनेटमार्फत इसेवा प्रयोगकर्ताको संख्या करिब ४५ लाख रहेको कम्पनीले दावी गरेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ४ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।