Logo

कर्णाली प्रदेश

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण



सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।

सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो । यसअघि माओवादी केन्द्रबाट योजनामन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह थिए । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार १७:४३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।